Skip to content
LAXMI SUNRISE BANK

दल दर्ताको लागि जनता समाजवादी पार्टीका नेता निर्वाचन आयोगमा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकता भएसंगै नयाँ गठन भएको जनता समाजवादी पार्टी, नेपाल दल दर्ताका लागि नेताहरु निर्वाचन आयोगको कार्यालयमा पुगेका छन् । मध्यरातमा पार्टी एकताको सहमति गरेका दुई दलका नेताहरु दल दर्ताका लागि आयोग पुगेका हुन् ।
दुई दलले पार्टी एकता गरेर जनता समाजवादी पार्टी बनाउने सहमति मध्यरातमा गरेका थिए । नवगठित पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि समाजवादी पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, कृष्ण शर्मा, वीरेन्द्र ठाकुर, दीपक राई, मिथिलेश कुमार सिंह, फणिन्द्र देवकोटा, केशव अर्याल र नारायण खरेल निर्वाचन आयोग पुगिसकेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK