काठमाडौं – बुधबार प्रभु बैंक लिमिटेडले ३७ शाखा कार्यालयबाट सेवा दिने भएको छ । बैंकले आफ्नो वेइसाइटमार्फत सूचना जारी गर्दै कर्णाली प्रदेश बाहेकका अरु प्रदेशका ३७ शाखा कार्यालयबाट सेवा दिने जनाएको हो ।
यी शाखा कार्यालय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला हुने बैंकले जनाएको छ । बैंकले चैत्र १९ गते अर्थात बुधबार खुल्लने शाखा, सम्बन्धित कर्मचारीको नाम र नम्बरसमेत सार्वजनिक गरेको छ । बैंकका अनुसार प्रदेश १ का ५ शाखा, प्रदेश २ का ५ शाखा, प्रदेश ३ का केन्द्रिय कार्यालयसहित १५ शाखा, गण्डकी प्रदेशका ४ शाखा, प्रदेश ५ का ६ शाखा र सुदूरपश्चिम प्रदेशका २ शाखा खुल्ला रहनेछन् । कर्णाली प्रदेशमा भने आज बैंकका कुनै शाखा खल्ने छैनन् ।
हेर्नुहोस्, कहाँ-कहाँ खुल्दैछन् शाखा ?