×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं उपत्यका काेराेना मुक्त भएकाेमा सन्तोष लागेको छ : प्रधानमन्त्री ओली

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

काठमाडौं उपत्यका काेराेना मुक्त भएकाेमा सन्तोष लागेको छ : प्रधानमन्त्री ओली

१२ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यका कोरोनाका बिरामीमुक्त भएकोमा सन्तोष लागेको बताएका छन् ।  प्रधानमन्त्री ओली शुक्रबार बिहान आफ्नो ट्विटर ह्याण्डलबाट ट्विट गर्दै यस्तो बताएका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएकोमा सन्तोष लागेको छ । डिस्चार्ज भएका सबैको फेरी एक पटक  सुस्वास्थ्यको कामना गर्दछु ।’ अहिले नेपाल निको भएर फर्किनेको संख्या ९ पुगेको छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: