
काठमाडौँ – ब्रिटेनकी महारानीले राष्ट्रका नाममा गरेको सम्बोधनमा कोरोनाभाइरस महामारीविरुद्धको सङ्घर्षमा यूके सफल हुने बताएकी छन्। दुर्लभ रूपमा दिइने त्यस्तो सन्देशमा महारानी एलिजाबेथले सरकारको नियम मानेर घरमै बस्ने मानिसहरूलाई धन्यवाद दिइन् र अरूका लागि सहयोग गर्न जुटेकाहरूको प्रशंसा गरिन्।
उनले प्रत्येक घण्टा काम गरेर सामान्य अवस्थामा फर्किने समयको नजिक पुर्याउनेू अत्यावश्यकीय काममा खटेका व्यक्तिहरूलाई पनि धन्यवाद दिइन्। यूकेमा कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४,९३४ पुगेका बेला उनको यस्तो सन्देश आएको हो।
‘फेरि भेट्नेछौँ’
विन्जर क्यासलबाट सम्बोधन गर्दै महारानी एलिजाबेथ द्वितीयाले भनिन् ‘हामीले विगतमा चुनौतीहरू भोगेको भए तापनि यो एकदमै फरक छ।’ ‘यस पटक विज्ञानको बृहत् विकास र हाम्रो करुणाभावसहित साझा प्रयत्नका लागि विश्वभरिका देशहरूसँग हामी मिलेका छौँ। हामी सफल हुनेछौँ र त्यो सफलता हामी सबैको हुनेछ।’
‘हामीले अझ धेरै सहनुपरे पनि के कुरा सम्झेर सहज मान्नुपर्छ भने राम्रा दिनहरू फर्किनेछन्स् हामी फेरि आफ्ना साथीहरूमाझ हुनेछौँ, हामी फेरि हाम्रा परिवारसँग हुनेछौँ, हामी फेरि भेट्नेछौँ।’ त्रियानब्बे वर्षीया महारानीले आफ्ना प्रियजनबाट अलग्गिने पीडादायी अवस्थाुबारे बोलिन् र अहिले जारी राख्न भनिएको व्यक्तिगत दूरीले दोस्रो विश्वयुद्धताका अन्यत्र सारिएका बालबालिकाहरू सम्झाएको बताइन्। महारानीले सन्देश दिएको एक घण्टापछि डाउनिङ स्ट्रीटले प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल लगिएको घोषणा गरेको थियो। दश दिनअघि कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि उनी एकान्तवासमा थिए।
आफ्नो सम्बोधनमा महारानीले नियम मानेर घरमै बसिरहेका सबैले जोखिममा रहेकालाई जोगाउन सहयोग गरेको र आफन्त गुमाएर पीडामा रहेका परिवारसँग सहानुभूतिू भएको बताइन्। ‘मिलेर हामी यो रोगसँग सङ्घर्ष गरिरहेका छौँ र म फेरि के आश्वस्त पार्न चाहन्छु भने हामी एकबद्ध र दृढ भयौँ भने हामीले यसलाई पार लगाउनेछौँ,’ उनले भनिन्। उनले आत्मानुशासन र सङ्कल्पमा जोड दिँदै आफूले भविष्यमा यो चुनौती कसरी सामना गरेका थियौँ भन्नेमा सबैले गर्व अनुभूति गर्नेू पनि बताइन्।
‘महत्त्वपूर्ण र घतलाग्दो सम्बोधन’
विगतमा शाही भाषण र सम्बोधनका कारण केही जटिलता पनि उत्पन्न भएका थिए। कतिपय बेला प्रयोग भएका गलत शब्द र वाक्यांशले सन्देशलाई कमजोर पारेका थिए वा महत्त्वपूर्ण अवसर गुमेको थियो। उदाहरणका लागि ( सन् १९९७ मा प्रिन्सेस अफ वेल्स डायनाको मृत्युपछि दिइएको सन्देश वा सन् २०११ मा आयरल्यान्डमा भएको भ्रमणका बेला महारानीले गरेको सम्बोधन। अहिलेको सन्देश भने फरक रह्यो। मानिसहरूलाई आश्वस्त पार्न र प्रेरित गर्न यो एकदमै महत्त्वाकाङ्क्षी थियो। यो सन्देश टेलिभिजन, रेडिओ र सामाजिक सञ्जालहरूमार्फत् प्रसारण गरिएको थियो।
‘यो सम्बोधन गर्ने निर्णय डाउनिङ स्ट्रीटसँगको निकट परामर्शमा गरिएको थियो,’ बीबीसीका शाही संवाददाता निकोलस विट्चेलले भने। यूकेका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले महारानीको सम्बोधन घतलाग्दो र महत्त्वपूर्णू भएको बताए। कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि अलग्गै बसेका प्रिन्स अफ वेल्स चार्ल्स बाहिर निस्किएको एक साता पनि नहुँदै महारानीको यो सम्बोधन आएको हो। मध्यमखालका लक्षणसहित सङ्क्रमण भएको पुष्टि भएपछि ७१ वर्षीय राजकुमार चार्ल्स सात दिनका लागि स्कटल्यान्डमा एक्लिएर बसेका थिए। बीबीसीबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्