×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केन्द्रीय बैंकले ट्रेजरी बिलमार्फत ५ अर्ब २० करोड रुपैयाँ उठाउँदै, अपराह्न ३ बजे बोलकबोल हुने

PRIME CA

केन्द्रीय बैंकले ट्रेजरी बिलमार्फत ५ अर्ब २० करोड रुपैयाँ उठाउँदै, अपराह्न ३ बजे बोलकबोल हुने

८ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं – नेपाल राष्ट्र बैंकले ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्ने भएको छ । वैशाख ९ गते (मंगलबार) जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार अपराह्न ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले ९१ दिन र १८२ दिनका लागि ट्रेजरी बिल निष्काशन गर्न लागेको हो । ९१ दिन अवधिका लागि २० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गर्न लागेको छ भने उक्त ट्रेजरी बिल साउन ६ गते परिपक्व हुनेछ । यस्तै राष्ट्र बैंकले १८२ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्दैछ । जुन कात्तिक ४ गते परिपक्व हुनेछ ।  
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष)स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: