
- अर्थ सरोकार सम्बाददाता
जुम्ला – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपो कार्यालय सिंँजा बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय, जुम्लाले उक्त कार्यालय सिंँजा बन्द गराएको हो । गत चैत २८ गते डिपोबाट खरीद गरिएको आयोडिन नुन हिमा गाउँपालिकाले वितरण गर्दा म्याद नाघेको फेला परेको थियो । नुनको गुणस्तर सम्बन्धमा डिपोले जवाफ नदिएको भन्दै प्रशासनले बन्द गराएको हो ।
साथै प्रशासनले गोदाममा रहेको नुन बिक्रीवितरण कार्य अर्को आदेश प्राप्त नभएसम्म रोक्न निर्देशन दिएको थियो । इलाका प्रशासन कार्यालय, नराकोटका कामु कार्यालय प्रमुख मधुशंकर उपाध्याय, सिंजा गाउँपालिका वडा नं ३ का वडाध्यक्ष तिलाचन्द्र चौलागाईँ, प्रनानि भूपेन्द्रबहादुर शाही तथा सिंँजा –३ का रतनबहादुर शाही, प्रेमप्रसाद उपाध्याय र सन्तोष धितालको रोहवरमा डिपो भवनको मूल ढोकामा रहेको तालामाथि अर्को ताला लगाउनुका साथै भवन बाहिर रहेको ४८ बोरा नुनसमेत बिहीबार बन्द गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्