×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्मचारी सञ्चयकोषको नयाँ अध्यक्षमा रामशरण पुडासैनी नियुक्त

PRIME CA
GLOBAL IME BANK

कर्मचारी सञ्चयकोषको नयाँ अध्यक्षमा रामशरण पुडासैनी नियुक्त

१९ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कर्मचारी सञ्चयकोषको अध्यक्षमा राजश्व सचिव रामशरण पुडासैनीलाई नियुक्त गरेको छ । बुधबार (आज) अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रका बीच अर्थमन्त्री डा.युवराज खतिवडाले सचिव पुडासैनीलाई अध्यक्ष पदको शपथग्रहण गराएका हुन् ।
उनलाई चैत ९ गते बसेको मन्त्रीपरिषदको बैठकले उनलाई कोषको अध्यक्षमा नियुक्त गरेको हो । बुधबार (आज) अर्थ मन्त्रालयमा बिहान ११ बजे अर्थमन्त्रीले उहाँलाई अध्यक्षको शपथ ग्रहण गराउनु भएको कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिए । 
शपथग्रहण कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा. पुष्पराज कँडेल, अर्थ सचिव शिशिरकुमार ढुंगानाको उपस्थितिमा पुडासैनीलाई शपथ ग्रहण गराइएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: