
काठमाडौँ – निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले भोलि मङ्गलबार सिङ्गापुरका लागि चार्टर्ड उडान भर्ने भएको छ ।
सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन श्रीले चार्टर्ड उडान गर्न अनुमति लिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो चार्टर उडानका लागि भारत, बङ्गलादेश, म्यान्मा, थाइल्याण्डलगायत मुलुकसँग ‘ओभरफ्लाई’ को अनुमति लिनुपर्ने आवश्यक प्रक्रिया पूरा भइसकेको छ । कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले सिङ्गापुरबाट स्वास्थ्य सामग्री ल्याउनका लागि उडान अनुमति पाएको जानकारी दिनुभयो । मङ्गलबार बिहान सिङ्गापुर उडान भरेर श्रीको जहाज भोलि नै काठमाडौँ फर्कनेछ ।
श्रीले सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत निःशुल्क चार्टर्ड उडान गर्न लागेको जनाएको छ । यसअघि आवश्यक प्रक्रिया पूरा गरेर श्रीले शुक्रबार सिङ्गापुर उडान भर्ने योजना बनाएको भए पनि सिङ्गापुरको कम्पनीकोतर्फबाट सामान जम्मा गर्न केही विलम्ब भएको जवाफ दिएपछि उडान हुन नसकेको श्री एयरलाइन्सले जनाएको छ । श्री एयरलाइन्सले यसअघि सुडानमा चार्टर्ड उडान गरेको थियो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्