×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अदालतमा शुलभ: अर्को गेटबाट लैजान आग्रह गरे, प्रहरीले समाएपछि मुख छोडे, बाबुले अर्हाएपछि गाडी चढे (फोटो कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अदालतमा शुलभ: अर्को गेटबाट लैजान आग्रह गरे, प्रहरीले समाएपछि मुख छोडे, बाबुले अर्हाएपछि गाडी चढे (फोटो कथा)

Artha Sarokar

१८ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
कालोबजारी आरोप लागेका व्यवसायी सुलभ अग्रवाल जिल्ला अदालतबाट छुटेसँगै पुनस् पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतले २५ लाख ५० हजार रुपैयाँ धरौटी माग गरी उनलाई रिहाइ गरेपनि उनलाई प्रहरीले पुनस् पक्राउ गरेको हो । ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवालको मुद्दा बिहीबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा सुनुवाई भएको थियो । व्यवसायी अग्रवालले ५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बेच्न खोजेको भन्दै प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले चैत २५ गते नक्सालबाट पक्राउ गरेको थियो ।
अव उनीविरुद्ध पुनस् अर्को मुद्धा सुरु हुनेछ । यहि हिसावले उनी केहि महिना हिरासतमै बस्ने देखिएको छ। उनीविरुद्ध कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारबाही गर्न जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । कालोबजारी ऐन अन्तर्गतको एक वर्षसम्म कैद हुने मुद्धा जिल्ला प्रशासन कार्यालयले हेर्ने कानूनी व्यवस्था भए पनि जिल्ला सरकारी वकिल कार्यालयले अग्रवालविरुद्ध १ वर्ष भन्दा बढी कैद सजाय माग गरेकाले मुद्धा जिल्ला अदालतमा दर्ता भएको थियो।उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । अग्रवाललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइने उनले बताए ।
आज अदालत परिसरमा के के देखियो ?
अदालतले २५ लाख धरौटी मागेपछि धरौटी रकम लिएर उनका भाइ अदालत पुगे । थप प्रक्रिया पूरा गरेर उनी अदालतबाट निस्कने तयारीमा थिए । बाहिर उनका बुबा, उनका भाइ लगायतका आफन्तको ठुलो उपस्थिति थियो । उनलाई लिन भनेर आधा दर्जन गाडीहरु तैनाथ थिए ।   
 
जव उनी बाहिर निस्कने बेला आयो उनले मिडियाको ठुलो ग्यांग देखे । मुख्य गेटमा मिडियाको भीड भएको भन्दै उनले अर्को गेटबाट आफुलाई लैजान आग्रह गरे । तर प्रहरीले उनलाई त्यसो गर्न नदिएपछि उनी आफ्ना बाबु र भाइसँगै मुख्य गेटतिरै लागे ।   
उनी बाहिर निस्किएपछी एभिन्यूज खबरका पत्रकारले प्रतिक्रिया मागे । उनी बोलेनन् ।
लगत्तै उनले प्रहरीले उनको कठालो समात्यो र गाडीमा चढ्न आग्रह गर्यो । उनले अपशब्द बोले ।
केहि छिनको रस्साकस्सीपछी उनका बाबुले उनलाई प्रहरीको गाडीमा चढ्न भने । त्यसपछि उनले माने । र उनी हिंडे । आफन्त निराश हुँदै फर्के ।   
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी