×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

र्‍यापिड टेस्टमा कोरोना ‘पोजेटिभ’ देखिएपछि सप्तरीका दुई गाउँ शिलबन्दी !

PRIME CA
GLOBAL IME BANK

र्‍यापिड टेस्टमा कोरोना ‘पोजेटिभ’ देखिएपछि सप्तरीका दुई गाउँ शिलबन्दी !

३ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
सप्तरी । सप्तरीमा र्‍यापिड परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएपछि दुई स्थानीय तहका दुई वडालाई शिल गरिएको छ । बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले खड्क नगरपालिकाको वडा नम्बर ११ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ लाई सिल गर्ने निर्णय गरेको हो । 
दुबै वडाका एक/एक जनामा र्‍यापिड परीक्षणका क्रममा पोजेटिभ देखिएपछि दुबैलाई सिल गर्ने निर्णय भएको प्रशासकीय अधिकृत आनन्द ठाकुरले बताए । यस्तै उनीहरुका परिवारका सदस्यकोसमेत र्‍यापिड टेस्ट गरिने तथा संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने निर्णय भएको पनि उनले बताए । 
दिल्लीबाट फर्केका दुईसहित आठ जनालाई प्रहरीको टोलीले मंगलबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर र्‍यापिड परीक्षण गराएको थियो । दुई जनाको पोजेटिभ र ५ जनाको नेगेटिभ रिपोर्ट आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: