×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्रीलंकाले नेपालसहित तीन देशबाट आफ्ना विद्यार्थी फिर्ता लैजाँदै, नेपालले के गर्ला ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

श्रीलंकाले नेपालसहित तीन देशबाट आफ्ना विद्यार्थी फिर्ता लैजाँदै, नेपालले के गर्ला ?

Artha Sarokar

१० बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । श्रीलंकाले नेपालसहितका विभिन्न देशबाट आफ्ना विद्यार्थीलाई फिर्ता लैजान सुरु गरेको छ ।  नेपाल, भारत र पाकिस्तानमा रोकिएका आफ्ना विद्यार्थी लैजान श्रीलंकाले चार्टर्ड उडान गरी लैजान थालेको हो ।
श्रीलंका विदेश मन्त्रालयले विदेशमा फसेका आफ्ना विद्यार्थीको उद्धार गर्ने नीतिअनुसार यी तीन मुलुकमा विशेष उडानको व्यवस्थापन मिलाइएको हो । यस्तै श्रीलंकाले मंगलबार पाकिस्तानका लाहौर र कराँचीबाट क्रमशः ९३ र २० नागरिकको उद्धार गरेको थियो । बिहीबार र शुक्रबार श्रीलंकाले भारतका विभिन्न शहरबाट आफ्ना विद्यार्थीलाई फिर्ता लैजाने भएको छ । 
शनिबार भने श्रीलंकाले काठमाडौंबाट ९३ जना नागरिकलाई श्रीलंका फिर्ता लैजाने तालिका रहको छ । यी सबै शहरमा श्रीलंकाको राष्ट्रिय ध्वजाबाहक श्रीलंकन एयरलाइन्स उडान गर्ने भएको छ । नेपालबाट यसअघि बंगलादेश र माल्दिम्भले आफ्ना नागरिकलाई फिर्ता लगेका छन् । लकडाउन अवधिभर ४ हजारबढी व्यक्तिहरु स्वदेश फर्किएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी