- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाको उक्त अपार्टमेन्टमा बस्ने ५८ वर्षीय छोरा र ८१ वर्षीया आमा डिस्चार्ज भएको जानकारी दिएका हुन् ।
उनीहरु दुवै जना पाटन अस्पतालमा उपचाररत थिए । नेपालमा निको हुनेको संख्या ९ पुगेको छ भने संक्रमितको हुनेको संख्या ४७ पुगेको छ ।