- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सनराइज बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सार्वजनिक नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेप र साधारण बचतको ब्याज घटेको छ ।
मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ८.२५ र संस्थागततर्फ ७ प्रतिशतमा कायम रहेको छ । सनराइजले साधारण बचतको पनि ब्याज घटाएको छ । साधारण बचतमा सबैभन्दा बढी ५ र सबैभन्दा कम १ प्रतिशत ब्याज रहेको बैंकले जनाएको छ ।
यस्तै बैंकबाट ऋण लिँदा १५.०२ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ । बैंकबाट रियलस्टेट लोन, घर कर्जा, शैक्षिक धितोकर्जा, ओभरड्राफ्ट, सेयर धितोकर्जा लगायतका कर्जा लिँदा १५.०२ प्रतिशत ब्याज लाग्ने बैंकले जनाएको छ ।