×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लकडाउनका बेला वाइफाइ स्लो भएर हैरान हुनुहुन्छ ? यसरी बनाउनुहोस् ‘फाष्ट’ !

  • अर्थ सरोकार टिप्स 
काठमाडौँ । कोरोनाको त्रासका कारण सरकारले लकडाउन आह्वान गरेको छ । यस्तो बेला अधिकांस मानिस घरमा बस्ने र अधिकांसले इन्टरनेट चलाउने हुनाले इन्टरनेट स्वाभाविक रुपमा स्लो भएको छ । तपाईं पनि यो समस्याबाट गुज्रिरहेको हुनुहुन्छ भने हामीले केहि प्रविधि विज्ञहरुको सुझावका आधारमा केहि टिप्सहरु संकलन गरेका छौं । 
१. राउटर राख्ने स्थानको ख्याल गरौँ । राउटरलाई सकेसम्म आफू बस्ने कोठा वा खुला स्थानमा राख्दा नेटको स्पिड केही बढ्न सक्छ । आफुले इन्टरनेट चलाउने ठाउँबाट टाढा राउटर राखियो भने पनि इन्टरनेट स्लो हुन्छ ।
२. तपाईंको राउटरको एन्टेना धेरै झुकेको छ भने पनि इन्टरनेट स्लो हुन्छ । राउटरको एन्टेना सकेसम्म माथि पार्नुहोस् । यसले इन्टरनेट फाष्ट गराउँछ ।
३. तपाईंको वाइफाई अर्को तलामा छ वा नजिक ल्याउन नमिल्ने छ भने रेञ्ज एक्सटेन्डर प्रयोग गर्न सक्नुहुनेछ । यसले कमजोर सिग्नल समातेर फेरि राम्रो सिग्नलको रुपमा प्रवाह गर्न सहयोग गर्छ । यसले स्पीड बढाउँछ । 
४. वाइफाइ पासवर्ड फेर्नुहोस् । आफु इन्टरनेट नजोड्ने र चोरेरै वाईफाई चलाउनेहरु पनि धेरै छन् । त्यसैले यो विषयमा सतर्क बन्नुहोस् । 
५. डाउनलोड र गेम खेल्ने काम अलि कम गर्नुहोस् । वा सुत्नु अघि डाउनलोड गर्नुपर्ने सबै डाउनलोडमा राखेर सुत्नुहोस् । 
६. ब्राउजुरमा बढी एक्सटेन्सन प्रयोग गर्दा वा एड ब्लक नगर्ने ब्राउजर प्रयोग गर्दा पनि इन्टरनेट स्लो भएको अनुभूति हुनसक्छ । यस विषयमा ख्याल गर्नुहोस्
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: