
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शनिबार चार देशले आफ्ना नागरिक लैजान जहाज चार्टर्ड गर्ने भएका छन् । शनिबार जर्मनी, फ्रान्सले आफ्ना नागरिक लैजाने भएको हो । यी दुई देशले कतार एयरको दुई जहाजमार्फत आफ्ना नागरिक फिर्ता लैजाने भएका हुन् । यस्तै मलेसियाको मालिण्डो एयर, चेक रिपब्लिकन र श्रीलङ्कन एयरले पनि आज चार्टर्ड उडान गर्ने बताइएको छ । कतार एयरवेजको जहाज शनिबार दिउँसो दोहाहुँदै पेरिस पुग्ने तालिका रहेको विमानस्थलले जनाएको छ । आजै मलेसियाले नेपालमा रहेका आफ्ना नागरिकलाई मलेसिया एयरलाइन्सबाट फिर्ता लैजानेछ ।
नेपाल पर्यटन बोर्डले नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा रहेका नागरिकहरलाइ काठमाडौँमा जम्मा गरी सम्बन्धित मुलुक फर्कनका लागि सहजीकरण गरिरहेको छ। कोरोना भाइरसका कारण नेपालमा रहेका विदेशी नागरिकलाई उनीहरुकै मुलुक फर्काउन धमाधम चार्टर्ड उडान गरिरहेका छन् । लकडाउनका कारण रोकिएका विदेशीलाई लैजान सम्बन्धित मुलुकको दूतावास मार्फत् नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्डसँगको समन्वयमा ती मुलुकले आफ्ना नागरिक चार्टर्ड उडान मार्फत् लगिरहेका हुन् । लकडाउनको आज १२औँ दिनको अवधिसम्म एक हजार पाँच सयभन्दा बढी विदेशी नागरिक फर्किसकेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्