×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भायानेट चलाउनुहुन्छ ? कम्पनीको लापरवाहीका कारण तपाईंको तथ्यांक ह्याकरले लग्यो, बर्बाद भयो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । के तपाईं भायनेट चलाउनुहुन्छ ? यदी चलाउनुहुन्छ भने तपाईंका लागि दुखद् खबर छ । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटका लाखौँ युजरहरुको डाटा ह्याक भएको छ । साइबर आक्रमणबाट भायानेटका करिब १ लाख ५० हजार भन्दा बढी प्रयोगकर्ताका व्यक्तिगत विवरण बाहिरिएका छन् । एक ह्याकरले भायनेटका सम्पूर्ण डाटाहरु ह्याक गरिदिएका हुन् । जसमा जसमा प्रयोगकर्ताका नाम, ठेगाना, इमेल एड्रेस तथा फोन नम्बरहरु रहेका छन् । जसले गर्दा ग्राहकका विवरणहरु बाहिरिएका छन् । 
लिक भएका डेटा डार्क वेबमा राखिएको छ ।  बाहिरिएका डेटाहरु ओनियन लिंकमा छन् । जुन डेटा हेर्न ‘टोर’ ब्राउजरको प्रयोग गर्नुपर्ने हुन्छ । केही हप्ता अगाडी मात्रै खाना तथा खाजा अनलाइन डेलिभरी गर्ने कम्पनी फुडमाण्डुमा पनि साइबर हमला भएको थियो ।
कम्पनी भन्छ, ‘बुझ्दैछौँ’
यता यस विषयमा बुझ्न हामीले कम्पनीका मिडिया हेर्ने व्यक्तिरविन पाण्डेसँग कुराकानी गरेका थियौँ । उनले यस विषयमा आफुलाई केहि पनि थाहा नभएको र बुझेर खबर गर्ने बताएका छन् । ‘मलाई यस विषयमा थाहा छैन । म बुझ्दैछु । बुझेर खबर गर्छु ।’ उनले भने । हामीले आइटी हेडको सम्पर्क शुत्र माग्दा उनले दिन आनाकानी गरे । यसले पनि कतै न कतै केहि बिग्रेको छ भन्ने शंका गर्ने ठाउँ दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: