×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनासँग लड्न विश्व बैंकले सरकारलाई ३ अर्ब ४८ करोड रुपैयाँ दिने, जनतासम्म पुग्ला त राहत ?

PRIME CA

कोरोनासँग लड्न विश्व बैंकले सरकारलाई ३ अर्ब ४८ करोड रुपैयाँ दिने, जनतासम्म पुग्ला त राहत ?

२६ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – विश्व बैंकले नेपाललाई ३ अर्ब ४८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । विश्व बैंकले कोरोना भाइरसविरुद्ध आपतकालीन कार्य तथा स्वास्थ्य प्रणाली सुधारका लागि नेपाललाई ३ अर्ब ४८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको हो । 
ऋण सहयोगसम्बन्धी समझदारीपत्रमा विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जेर्भोस र अर्थसचिव शिशिरकुमार ढुंगानाले हस्ताक्षर गरेका छन् । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारका स्वास्थ्य सामग्री तथा उपकरण खरिद, सघन उपचार कक्ष र आइसोलेसन वार्ड स्थापनामा यो रकम खर्च हुनेछ ।
यसैगरी देशका विभिन्न भागमा अवस्थित अस्पताल, प्रयोगशाला तथा स्वास्थ्य संस्थाको स्तरोन्नतिमा पनि रकम खर्च गरिनेछ । यस परियोजना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यान्वयन गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: