
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाइरस रोकथामका लागि जारी गरेको लकडाउनको आज ५५ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी गरिएको लकडाउन आज ५५ औं दिनमा प्रवेश गरेको हो । लकडाउनका कारण नेपाली जनजीवन प्रभावित बनेको छ । उपत्यकाका विभिन्न ठाउँमा सेनासमेत परिचलन भएको छ भने सडकमा सुरक्षाकर्मीले सवारी साधनको चेकजाँचलाई कडाई गरेका छन् ।

यस्तै, उपत्यका भित्रि गल्लिहरुमा समेत जथाभावी नहिड्न प्रशासनले निर्देशन दिएको छ । उपत्यकमा सेना परिचालनले संकटकालको झल्को समेत दिएको छ । उपत्यकामा अत्यावश्यक सेवाका सवारी साधनहरु, सञ्चारकर्मी, स्वास्थ्यकर्मीका सवारी साधन भने सञ्चालन गर्न दिइएको छ ।

बैंक तथा वित्तिय संस्थाका कार्यालयहरु मात्रै सञ्चालनमा छन् । सरकारले उपत्यकामा टाइमकार्ड लागू गरी विभिन्न ४४ प्रकारका उद्योग व्यवसाय तथा सरकारी कार्यालयहरु, बैंक तथा वित्तीय संस्था सञ्चालन गर्ने निर्णय गरेपनि संक्रमितको संख्या बढ्दै गएपछि अहिले सरकारले उपलब्ध गराएका सम्पूर्ण पासहरु रद्द गरिएका छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्