×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँ, भक्तपुर र ललितपुर सिल गर्ने तयारी, विज्ञहरु भन्छन्, ‘यस्तै हो भने कर्फ्यु लगाउनुको विकल्प छैन’

PRIME CA

काठमाडौँ, भक्तपुर र ललितपुर सिल गर्ने तयारी, विज्ञहरु भन्छन्, ‘यस्तै हो भने कर्फ्यु लगाउनुको विकल्प छैन’

अर्थ सरोकार

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । काठमाडौँ, भक्तपुर र ललितपुरमा पनि कोरोना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरले जिल्लाहरु सिल गर्ने तयारी गरेका छन् । गृह मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार यस विषयमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग आवश्यक छलफल भएको छ ।  
पछिल्लोपटक कोरोना संक्रमण पुष्टि हुनेमा १८ जना पर्साका, महोत्तरीका २ जना, धनुषाका २ जना, भक्तपुरका २ जना काठमाडौंका १ र सर्लाहीका एक जना छन्। उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको थियो ।
यता विज्ञहरुले यस्तो अवस्थामा उपत्यकामा कर्फ्यु लगाउनुको विकल्प नरहेको दावी गरेका छन् । गृह मन्त्रालयका उच्च अधिकारीहरुलाई सुझाव दिंदै विज्ञहरुले यस्तो  कर्फ्यु लगाउनुको विकल्प नरहेको सुझाव दिएका हुन् । उनीहरुको सुझाव पनि गृह मन्त्रालय अन्तर्गतका निकायहरुले मनन गरेको स्रोतको दाबी छ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: