
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तले २६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले २८ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो । अर्थात लघुवित्तको नाफा ८ प्रतिशतले घटेको छ ।
सार्वजनिक विवरण अनुसार चैत मसान्तसम्ममा लघुवित्तले ६६ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा लघुवित्तले ५८ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। सञ्चालन नाफा भने ३८ करोड रुपैयाँबाट घटेर २६ करोड रुपैयाँमा झरेको छ । लकडाउनका कारण चैत्र मसान्तसम्म ब्याज उठाउन नसक्दा लघुवित्तको नाफा घटेको हो । यता यस अवधिमा अवधिमा लघुवित्तको खराब कर्जा पनि ह्वातै बढेको छ। गत वषको यसै अवधिमा ०.८८ प्रतिशत रहेको खराब कर्जा बढेर २.५८ प्रतिशत पुगेको छ । सावाँकै माया मार्नुपर्ने गरी कर्जा प्रवाह गर्दा यस्तो स्थिति आएको विश्लेषण गरिएको छ । खर्च बेसी गरेको संस्थाले कर्मचारी खर्च ह्वात्तै बढाएको देखिएको छ । एक अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ८२ करोड ३८ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा लघुवित्तले ४ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब ६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यसै अवधिमा लघुवित्तको निक्षेप संकलन ३ अर्ब ३४ करोड रुपैयाँ र कर्जा लगानी १० अर्ब ६३ करोड रुपैयाँ रहेको थियो। प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ४ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ९४ पैसा र मूल्य आम्दानी अनुपात २१.६६ गुणा रहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्