×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

चैत्र मसान्तसम्मको रिपोर्ट : बीमाशुल्क आर्जन गर्ने मामलामा कुन जीवन बीमा कम्पनी कति अब्बल ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा जीवन बीमा कम्पनीहरुले ६३ अर्ब ९५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार १९ वटै जिवन बीमा कम्पनीहरुले उक्त बीमाशुल्क आर्जन गरेका हुन् । चैत्र ११ गतेदेखि लकडाउन भएपछि बीमा क्षेत्रमा प्रिमियम संकलनमा ह्रास आउने पक्कापक्की छ । त्यसैले पनि चैत्र मसान्तसम्मको आंकडालाई नै बीमा कम्पनीहरुको ‘प्रोग्रेस रिपोर्ट’ बनाउने आधार मान्न सकिने विज्ञहरुको भनाइ छ ।  
कुन बीमा कम्पनीले कति बीमाशुल्क आर्जन गरे ?
बीमा समितिको तथ्यांक अनुसार आर्थिक बर्ष २०७६/०७७ को चैत मसान्तसम्म सबैभन्दा बढी बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । यस कम्पनीले १८ अर्ब ७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) सबैभन्दा बढी शुल्क आर्जन गर्नेमा दोस्रोमा रहेको छ । यस अवधिसम्म आउँदा कम्पनीले १० अर्ब ३८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ५० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ । 
युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब १९ करोड रुपैयाँको बीमाशुल्क आर्जन गरेको छ भने नेशनल लाइफ इन्स्योरेन्सले ५ अर्ब ६४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । एशियन लाइफले ३ अर्ब १० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । बीमा समितिका अनुसार प्राइम लाइफले २ अर्ब २१ करोड रुपैयाँ र सूर्या लाइफले १ अर्ब ७५ करोड रुपैयाँ आर्जन गरेका छन् । यस्तै मेट लाइफ र रिलायबल लाइफले क्रमश : ३ अर्ब ४० करोड रुपैयाँ र १ अर्ब २५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यस्तै गुराँस लाइफ इन्स्योरेन्सले १ अर्ब ३७ करोड रुपैयाँ आर्जन गरेको बीमा समितिको तथ्यांकमा छ भने सिटिजन लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड रुपैयाँ र ज्योति लाइफले १ अर्ब १४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । 
आर्थिक बर्ष २०७६/०७७ को चैत मसान्तसम्ममा आइएमई लाइफले ८८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सन नेपाल लाइफले ८५ करोड रुपैयाँ र रिलायन्स लाइफले ७३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यस्तै प्रभु लाइफले ५७ करोड रुपैयाँ गरेको छ भने सानिमा लाइफले ५७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: