×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसिसि बैंकले १ अर्ब १६ करोड ५८ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमायो, प्रति सेयर आम्दानी १६ रुपैयाँ ६२ पैसा !

PRIME CA

एनसिसि बैंकले १ अर्ब १६ करोड ५८ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमायो, प्रति सेयर आम्दानी १६ रुपैयाँ ६२ पैसा !

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एनसीसी बैंकले चालु आर्थिक बर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकले १ अर्ब १६ करोड ५८ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ  । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ०.१५%ले बढी हो । गत वर्ष सोहि अवधिमा बैंकले १ अर्ब १६ करोड ४० लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो । प्रकाशित विवरण अनुसार बैंकको वितरण योग्य नाफा ३० करोड ५३ लाख २९ हजार रुपैयाँ रहेको छ । 
यस्तै, बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः १२.३४% र ०.४२% ले बढेको छ । गत वर्ष २ अर्व २३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो वर्ष बढाएर २ अर्व ५० करोड रुपैयाँ पुर्याएको छ । यता  बैंकको सञ्चालन नाफा १ अर्व ६४ करोड रुपैयाँ रहेको छ। 
९ अर्व ३५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्व १२ करोड रुपैयाँ संचित छ । गत वर्ष यहि अवधिमा बैंकको जगेडा कोषमा ३ अर्व २७ करोड रुपैयाँ रहेको थियो । यता बैंकको खराब कर्जा पनि ०.५१% घटेको छ । प्रकाशित विवरण अनुसार बैंकको प्रति सेयर आम्दानी १६ रुपैयाँ ६२ पैसा रहेको छ । यता प्रकाशित विवरण अनुसार प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ४८ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: