×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउन प्रभाव : पेट्रोलियम पदार्थको खपत घटेपछि नेपाल आयल निगमलाई दैनिक २० करोड रुपैयाँ घाटा !

अर्थ सरोकार

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार

PRIME CA

लकडाउन प्रभाव : पेट्रोलियम पदार्थको खपत घटेपछि नेपाल आयल निगमलाई दैनिक २० करोड रुपैयाँ घाटा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – लकडाउनको कारण पेट्रोलियम पदार्थको खपत ह्वात्तै घट्दा राज्यलाई दैनिक करोडौ घाटा परेको छ । खपत नहुँदा आयात पनि कम भएको र आयात कम हुँदा सरकारले राजश्वको रुपमा पाउने आम्दानी गुमाएको हो । 
नेपाल आयल निगमका अनुसार लकडाउन सुरु भए पछि पेट्रोलियम पदार्थको खपत ह्वात्तै घटेको छ । निगमका प्रबक्ता विनितमणि उपाध्यायका अनुसार चैत्र ११ गतेदेखि बैशाख १५ गतेसम्मको अवधिमा ९ हजार किलोलिटर पेट्रोल, ३७ हजार किलो लिटर डिजेल, ५३५ किलोलिटर हवाई इन्धन र ३५ हजार मेट्रिक टन एलपिजी ग्यास खपत भएको छ । 
प्रबक्ता उपाध्यायका अनुसार ग्यासको खपतमा खासै प्रभाव परेको नदेखिएपनि अन्यको खपत भने नगन्य मात्रै छ । सामान्य अवस्थामा दैनिक ३ हजार किलो लिटर पेट्रोल र ७ हजार किलो लिटर डिजेल खपत हुने गरेकोमा लक डाउन अवधिमा दैनिक २५ किलोलिटरको हाराहारीमा मात्र पेट्रोल खपत भएको निगमले जनाएको छ । 
निगमले सरकारलाई गत आर्थिक वर्षमा ५० अर्ब राजश्व तिरेको थियो , जुन मासिक ४ अर्ब भन्दा बढी हो । तर अहिले भने निगमले त्यसको १ तिहाइ मात्र राजश्व सरकारलाई बुझाएको छ । निगमका अनुसार अप्रिल महिनामा निगमले १ अर्ब ४० करोडमात्र राजश्व तिरेको हो। 
निगमका अनुसार लकडाउन हुँदा सरकारले दैनिक २० करोड राजश्व गुमाई रहेको छ । यसबाट सरकारको राजश्व आम्दानीको लक्ष्य पुरा नहुने देखिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: