
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । नेपाल एसबिआई बैंक सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ।
बैंक सञ्चालक समितिको निर्णयअनुसार केन्द्रीय सरकारअन्तर्गत कोषका लागि बैंकको तर्फबाट बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरले रु ५० लाखको चेक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेका छन् ।

उक्त हस्तान्तरण कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड, नेपाल सरकारका सचिवहरुतथा बैंकका तर्फबाट नायव कार्यकारी तथा प्रमुख सञ्चालन अधिकृत शुभकान्त कानुनगो, प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत छपि राजपन्त उपस्थित थिए ।
यसका साथै बैंकले प्रत्येक प्रदेश सरकारलाई रकम रु ५ लाखको चेक हस्तान्तरण गरिसकेको छ। साथै बाँकीको रु १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथामतथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्नवर्ग अतिविपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्