
- अर्थ सरोकार सम्बाददाता
बाँके – नेपालगञ्जमा स्थानीय प्रशासनले शुक्रबारदेखि चार घण्टा अत्यावश्यक सामग्री खरिद बिक्री गर्न दिएको छ । कोरोना भाइरस संक्रमितको संख्या बढेपछि सर्वपक्षीय बैठकले शुक्रबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म अत्याश्यक सामान खरिदका लागि निषेधित क्षेत्रलाई खुकुलो गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार बढी भीडभाड हुने त्रिभुवनचोक, विपीचोक र रानीतलाउको सब्जीमण्डी नखुल्ने निर्णय गरेको बैठकले गरेको छ ।
सब्जीमण्डीमा अति भीडभाड हुने भएकोले अर्को निर्णय नहुँदासम्मका लागि बन्द रहने पनि उनले बताए । सामान खरिद गर्दा भीडभाड गर्न नपाइने, सामाजिक दूरी कायम गर्नुपर्ने, सवारी साधन सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ । भीडभाड गर्ने, सामाजिक दूरीको उल्लंघन गर्नेलाई कानुन बमोजिम कारवाही हुने पनि सहायक प्रजिअ उपाध्यायले बताए। नेपालगञ्जमा २३ जनामा कोरोना देखिएपछि सर्वपक्षीय बैठकले तीन दिन निषेधित क्षेत्र घोषणा गरेको थियो । नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुग्यो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्