
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ। एनआइसी एशिया बैंकको बाराको जितपुर शाखाबाट जितपुरमा कोरोना संक्रमण पुष्टी भएका व्यक्तिले नगद लिएर गएको पुष्टी भएपछि नीजलाई नगद दिने टेलरका सो कर्मचारीलाई आइसोलेसनमा लगिएको खुलासा भएको छ । जितपुरमा भेटिएका कोरोना संक्रमित चेक साट्न एनआइसी एशिया बैंक गएको र नगद लिएको प्रमाणित भएपछि स्थानीय प्रशासन बैंकमा पुगी कर्मचारीहरुलाई लिएर आइसोलेसनमा लगेको खुलासा भएको हो ।
तर यति हुँदा पनि एनआइसी एशिया बैंकले भने चरम लापरवाहीका साथ निकै जोखिमपूर्ण सेवा दिइरहेको छ । काठमाडौँमा खुलेका अधिकांस शाखामा दुरी कायम गरिएको छैन भने जनस्वास्थ्यमाथि ध्यान दिइएको छैन । धेरै ग्राहक भएको बैंक भएकाले पनि अरु बैंकभन्दा एनआइसी एशिया बैंकमा थप जोखिम हुनु स्वाभाविक हो । सेवा दिने नाममा सरकारले जारी गरेको उर्दीसमेत नमान्ने बैंक, र आफ्नो व्यवस्थापनको कमजोरी सुधार्नुको सट्टा ग्राहकहरुलाई नै दोष दिने परिपाटीले बैंक आफ्ना ग्राहकहरुप्रति कतिसम्म अनुत्तरदायी छ भन्ने स्पष्ट देखिन्छ ।





Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्