Skip to content
LAXMI SUNRISE BANK

ग्रामिण बिकास लघुवित्तको खुद नाफामा भीषण पहिरो, निष्क्रिय कर्जा ह्वात्तै बढ्यो, इपिएस घट्यो (अन्य विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ग्रामिण बिकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार लघुवित्तको खुद नाफामा भीषण पहिरो गएको छ भने निष्क्रिय कर्जा ह्वात्तै बढेको छ । 
गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड को खुद नाफा ६८.८९ प्रतिशत घटेको हो । चालु आवको तेस्रो त्रैमाससम्ममा लघुवित्तले ५ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। लघुवित्तले गत आवको सोही अवधिसम्ममा १६ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समिक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा भने २१ करोड २८ लाख रुपैयाँ घटेर ३ करोड १० लाख रुपैयाँमा खुम्चिएको छ।
चैत मसान्तसम्ममा लघुवित्तको निष्क्रिय कर्जा ह्वात्तै बढेको छ। गत आवको तेस्रो त्रैमासमा ४.७६ प्रतिशत र चालु आवको दोस्रो त्रैमासमा ४.४५ प्रतिशत रहेको निष्क्रिय कर्जा तेस्रो त्रैमाससम्म आईपुग्दा बढेर ७.८१ प्रतिशत पुगेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९६ पैसा रहेको छ। यो गत आवको सोही अवधिको तुलनामा २६ रुपैयाँ ५१ पैस कम हो। लघुवित्तको प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ८४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५८.०५ गुणा कायम भएको ।
प्रकाशित विवरण अनुसार तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले ६६ करोड ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा १९ लाख ९८ हजार रुपैयाँ बढी हो । लघुवित्तको जगेडा तथा कोषहरुमा ५६ करोड ८२ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले ३ अर्ब ५८ करोड रुपैयाँ निक्षेप तथा ४ अर्ब ६४ करोड २२ लाख रुपैयाँ सापटीबाट १० अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। लघुवित्तको चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK