×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ नेपालमा सिइओ घिमिरेको कमालको ‘पर्फर्मेन्स’, नाफा दोब्बरले बढ्यो, अन्य सूचक पनि उत्साहजनक (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नयाँ नेपालमा सिइओ घिमिरेको कमालको ‘पर्फर्मेन्स’, नाफा दोब्बरले बढ्यो, अन्य सूचक पनि उत्साहजनक (विवरणसहित)

Artha Sarokar

२९ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेले कमालको पर्फर्मेन्स देखाएका छन् । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखाएको हो । सार्वजनिक विवरण अनुसार लघुवित्तले गत आर्थिक वर्षको तेस्रो त्रैमासको करिब दोब्बर खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ८३ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको यस लघुवित्तले चालु आवको सोही अवधिसम्ममा १ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ६७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३८.५६ गुणा रहेको छ।
 प्रकाशित विवरणअनुसार लघुवित्तले चालु आर्थिक बर्षको तेश्रो त्रैमाससम्ममा ४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १ करोड ४५ लाख रुपैयाँ बढी हो । समिक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १ करोड ४५ लाख रुपैयाँ बढेर २ करोड ३० लाख रुपैयाँ पुगेको छ। लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवको तेस्रो त्रैमासमा १३ रुपैयाँ २१ पैसा रहेको यस लघुवित्तको यस्तो आम्दानी चालु आवको सोही अवधिमा बढेर २१ रुपैयाँ ६३ पैसा कायम हुन सफल भएको छ । 
प्रकाशित विवरण अनुसार तेश्रो त्रैमासको अन्तिमसम्ममा लघुवित्तले २१ करोड ७८ लाख रुपैयाँ निक्षेप तथा ९३ करोड ५४ लाख रुपैयाँ सापटीबाट १ अर्ब २२ करोड ७५ लाख रुपैयाँ कर्जा परिचालन गरेको यस लघुवित्तको निष्क्रिय कर्जा २.४० प्रतिशत रहेको छ । यो गत आवको सोही अवधिको तुलनामा ०.४४ प्रतिशत बढी हो । चैत मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी १० करोड ८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ३ करोड ७९ लाख रुपैयाँ रहेको छ। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी