
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पूर्वका जनताको मन जित्न सफल सप्तकोशी डेभलपमेन्ट बैंकले शतप्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अबिंकले चालु आर्थिक बर्षको तेश्रो त्रैमाससम्ममा ५ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १०९ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्ममा बैंकले २ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२.८६ गुणा रहेको छ।
बैंकले सोहि अवधिमा १६ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ७ करोड ३८ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । बैंकको खुद ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा ७ करोड ३४ लाख रुपैयाँ बढी हो । बैंकले निष्क्रिय कर्जासमेत घटाउन सफल भएको छ । गत आवको चैत मसान्तसम्ममा १.६८ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चाजु आवको सोही अवधिसम्ममा घटेर १.६५ प्रतिशतमा झरेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ८१ लाख ५५ हजार रुपैयाँ रहेको छ।
बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८७ पैसा कायम भएको छ । गत आर्थिक बर्षको सोही अवधिको तुलनामा यो २ रुपैयाँ ३२ पैसाको बढोत्तरी हो ।
७८ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी भएको यस बैंकको जगेडा कोषमा १३ करोड ३८ लाख रुपैयाँ रहेको छ भने अन्य शेयरधनी कोषमा ४ करोड ३३ लाख रुपैयाँ रहेको छ। बैंकले सो अवधिसम्ममा २ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ८८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्