- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले २ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको हो । संस्थाको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १५.०८ प्रतिशतले धेरै हो । सामुदायिकले गत वर्षको सोहि अवधिमा १ करोड ७९ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आउँदा संस्थाले ४० करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि क्रमशः १८% र १२.२७% ले बढेको वित्तीय विवरणमा उल्लेख छ । गत वर्ष ५ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो वर्ष बढाएर ६ करोड ३३ लाख रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा पनि २ करोड ८२ लाख रुपैयाँबाट बढाएर ३ करोड १६ रुपैयाँ पुर्याउन सफल भएको छ ।
संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ९ करोड ३२ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी २७ रुपैयाँ ५५ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ २२ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्