×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार समाचार प्रभाव :श्रीजना फाइनान्सले सच्यायो वित्तीय विवरण !

PRIME CA

अर्थ सरोकार समाचार प्रभाव :श्रीजना फाइनान्सले सच्यायो वित्तीय विवरण !

अर्थ सरोकार

२९ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । श्रीजना फाइनान्स लिमिटेडले वित्तीय विवरणमा प्रति सेयर आम्दानीको गलत क्यालकुलेसन गरेको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरिदिएपछि कम्पनीले आफ्नो वित्तीय विवरण सच्याएको छ । फाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ २० पैसा र हुनुपर्नेमा फाइनान्सले वित्तीय विवरणमा प्रतिशेयर आम्दानी २७ रुपैयाँ ४५ पैसा उल्लेख गरेको थियो । यो क्यालकुलेसन गलत भएको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि कम्पनीले आफ्नो गल्ती स्वीकार्दै पुन : अर्को सच्याइएको विवरण सार्वजनिक गरेको हो । 
विवरणमा आफुले गल्ती गरेर कम्पनीले अडीटरलाई दोष देखाएर उम्किन खोजेको थियो । कम्पनीका सूचना अधिकारी प्रवेश अर्यालले पटक पटक झुट बोलेर आफ्नो गल्ती छोप्न खोजेका थिए । कहिले एनएफआरएस अनुसार धेरै प्रति सेयर आम्दानी आएको बताउने त कहिले लेखापरिक्षकलाई सोधेर विवरण प्रकाशन गरेको हौवा पिटाएर उनले आफ्नो कम्पनीको गल्तीको ढाकछोप गर्न खोजेका थिए । तर कम्पनीका सीएफओले नै गल्ती स्वीकार्दै अर्को विवरण सार्वजनिक गरिदिएपछि सूचना अधिकारी रहेका अर्याल ‘जिल्लाराम’ भएका छन् ।
आज दिनभर जानकारहरुसँग सोधपुछ गर्दै अर्थ सरोकारले यस विषयमा निरन्तर फलोअप गरेको थियो । अर्थ सरोकारको निरन्तरको फलोअपपछि कम्पनीले आफ्नो गल्ती स्वीकार्दै अर्को सच्याइएको विवरण सार्वजनिक गरेको छ ।     
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: