×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज असार १५ अर्थात राष्ट्रिय धान दिवस, देशभरका किसान रोपाईंमा व्यस्त, यो दिन किन खाइन्छ ‘दहि-च्युरा’ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आज असार १५ अर्थात राष्ट्रिय धान दिवस, देशभरका किसान रोपाईंमा व्यस्त, यो दिन किन खाइन्छ ‘दहि-च्युरा’ ?

Artha Sarokar

१५ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आज असार १५ अर्थात दहि च्युरा खाने दिन । आज देशभर रोपाईं गर्ने र खाजाको रुपमा दहि च्युरा खाने चलन छ । कामले थकित भएपछि शक्तिप्राप्तिका लागि दही च्यूरा खाने चलन सुरु भएको हो । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।
यसो त आज धान दिवस पनि मनाइने गरेको छ । वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यो पटक कोरोना महामारीका बीच पनि भौतिक दुरी कायम राखेर धान दिवस मनाउने कृषि विभागले जनाएको छ । 
यस वर्ष प्रिमनसुन सिजनदेखि नै पर्याप्त पानी परिरहेकाले मध्य असारसम्म आइपुग्दा २५ प्रतिशत रोपाइँ सकिइसकेको कृषि विभागका अधिकारीहरु बताउँछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी