
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स । घरी संचालकको विषयमा विवाद त घरी, कम्पनीभित्र घटेका काण्डले बदनाम । जनताका अगाडी पटक पटक नांगिएको एशियन लाइफ इन्स्योरेन्सले पुन: एक पटक जनता झुक्याउने दुष्प्रयास गरेको खुलासा भएको छ ।
कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण निस्काशन गर्दा प्रतिसेयर आम्दानी गलत देखाएपछि कम्पनीका सीएफओ र अन्य व्यवस्थापनको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको हो । -प्रकाशित विवरणमा कम्पनीले कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८७ पैसा देखायो जुन सरासर गलत थियो ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रहेकोमा कम्पनीको प्रकाशित खुद मुनाफा १३ करोड ७ लाख रहेको तथ्यलाई आधार मानेर गणना गर्दा कम्पनीको ९ महिनाको प्रतिशेयर आम्दानी जम्मा ६ रुपैयाँ ५० पैसा हुन्छ भने वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६७ पैसा मात्र हुन्छ । तर कम्पनीले हुँदै नभएको प्रति सेयर आम्दानी देखाएर जनता झुक्याउने प्रयास गर्यो ।
सेयरधनी पनि ‘लाटा’ कहाँ छन् र ? हिसाब मिलेन भन्दै कम्पनीको व्यापक विरोध भएपछि बाध्य भएर र आफ्नो असक्षमतामाथि लाचारी प्रकट गर्दै ‘लाजै पचाएर’ कम्पनी भुलसुधार गर्न बाध्य भयो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्