×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फलोअप : यिनै हुन् एनआइसी एशिया बैंकबाट पैसा लुट्न खोज्ने ‘धुन्दुकारी’, सीसीटिभीमा कैद भएको अनुहार खोज्दै प्रहरी !

  • सुदर्शन श्रेष्ठ / अर्थ सरोकार सुदुरपश्चिम ब्युरो 
कैलाली । धनगढीमा रहेको एनआईसी एशिया बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालयको एटिएम तोडफोड गर्ने व्यक्तिको सीसीटिभीमा कैद भएको तस्विरका आधारमा प्रहरीले नीजलाई खोज्न थालेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारी अनुसार बिहिबार मध्यरातमा बैंकको एटिएम फोड्ने प्रयास गरेका उनी उक्त एटिएमबाट रकम चोर्न नसकेपछि फरार भएका थिए । शर्ट, कालो मास्क, एउटा हातमा ब्रासलेट र अर्को हातमा पहेंलो घडी लगाएका उनको स्पष्ट तस्विर सीसीटिभीमा कैद भएको छ । र सोहि तस्विरका आधारमा उनको खोजी कार्य सुरु भएको हो ।
प्रहरी नायव उपरिक्षक विष्टका अनुसार एटिएम नीजले एटिएम मेशिनमा क्षति पुर्याएका छन् । यद्यपी उनले पैसा भने चोरेर लैजान सकेनन् । यसअघि पनि कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको एनआईसी एसिया बैंकको एटिएम तोडफोड गरी पैसा चोरी गर्न खोज्ने पक्राउ परेका थिए । यसपटक पनि एटिएम मेशिन तोडफोड गर्नेलाई पक्राउ गरीछाड्ने प्रहरीको दाबी छ ।
https://arthasarokar.com/2020/06/NIC-Asia-2.html
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: