×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यी हुन् राष्ट्र बैंकको निर्देशनको खिल्ली उडाउने ‘सिल्ली’ बैंकहरु, कर्मचारीलाई कोरोना लाग्दा पनि चेतेनन् ! (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बैंक । मानिसहरुसँग पैसा भएको बेला राख्ने, समस्या पर्दा निकाल्ने ठाउँ । सेवाग्राहीलाई पैसा आवश्यक पर्दा कुनै बेला निकै सहज र कुनै बेला निकै असहज बन्ने ठाउँ । बैंकबिना सेवाग्राही चल्ने नसक्ने र सेवाग्राही बिना बैंक चल्ने त झन् कुरै भएन । आर्थिक कारोबारका लागि सुख दुख दुवैको भूमिका निर्वाह गर्न सक्ने बैंक । नेपालमा लामो समयदेखि चलेको लकडाउनमा यी संस्था सेवा दिन पछि हटेनन् । सरकारले नै अत्यावश्यक सेवामा राखेका कारणले पनि बैंकले सेवा दिई नै रहे ।
तर सेवाग्राहीको स्वास्थ्यलाई भने ध्यानमा राखी कमै बैंकले सेवा दिए । आफुलाई अब्बल भन्ने बैंकलेसमेत कोरोना कहरकाबीच राम्रो सेवा नदिएको पाइएको छ । त्यसमाथि सुरक्षा संवेदनशीलतालाई त रद्धीको टोकरीमा फालिएको छ । बैंकहरुमा न भौतिक दुरी कायम गरिएको छ, न कोरोना रोकथाममा ध्यान दिइएको छ । छ बस् व्यापार, व्यापार अनि व्यापारमा ध्यान दिइएको छ । 
कोरोना कोषलाई करोडौं दिएर आफ्ना ग्राहक र कर्मचारीको स्वास्थ्यलाई ध्यान नदिने बैंकहरु पनि देखिएका छन् । लकडाउनका अवधिमा हामीले सातै प्रदेशबाट विभिन्न बैंकका शाखाका यस्तै लापरवाही गर्ने बैंकका फोटोहरु हामीले संकलन गरेका छौं ।
सुरु गरौँ राष्ट्रिय बाणिज्य बैंकबाट । देशको चलेको सरकारी बैंक भनेर आफुलाई दावा गर्ने यो बैंकको पाल्पाको रामपुर नगरपालिकाको बेझाड बजारस्थित शाखामा लापरवाहीको कुरै छोडौं । अझ यो बैंकका कर्मचारी आफैं कोरोना संक्रमित हुँदा पनि बैंकले चेतेको छैन । 
यो बैंकको लापरवाही यतिमा मात्र सिमित छैन । राष्ट्रिय बाणिज्य बैंक विराटनगर मेनरोड शाखामा बुधबार चेक सटही र रकम जम्मा गर्ने ग्राहकको भीड उस्तै उदेकलाग्दो छ ।
सुदुरपश्चिममा कोरोना कहरले सीमा नाघिसकेको छ । तर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १० स्थित कञ्चन डेभलपमेन्ट बैंकमा ग्राहकको भीड बढेको छ ।
राम्रा सीइओले जागिर छोडेपछि ज्योतिको स्थिति सबैतिर भद्रगोल छ । यस्तै भद्रगोल तुलसीपुरस्थित ज्योति विकास बैंकमा बसेका उपमहानगरपालिका वडा नं ११ मा पनि देखियो ।
बेनीस्थित नेपाल बैंक लिमिटेडको शाखा कार्यालयमा बुधबार लागेको सेवाग्राहीको भीड उदेकलाग्दो छ । 
कृषि विकास बैंक वीरगञ्जमा सामाजिक सुरक्षा भत्ता लिन आएका वृद्धवृद्धाहरु भीड छ । 
लकडाउन अवधिमा सामाजिक सुरक्षा भत्ता लिन तुलसीपुर उपमहानगरपालिकाको बैंक अगाडि लामबद्ध वृद्धवृद्धाको भीड लागेको छ ।
नेपाल एसबिआई बैंकको धनगढी शाखामा चरम लापरवाही छ । सामाजिक दुरी कायम भएको छैन। 
बन्दाबन्दीमा तानसेनको सिल्खानटोलस्थित नेपाल एसबिआई बैंकमा पेन्सन झिक्न आएका वृद्धवृद्धाहरुले पनि सामाजिक दुरी कायम गरिएको देखिएन ।
पोखरा महानगरपालिका –८ सभागृहचोकस्थित नेपाल एसबिआई बैंकको शाखा कार्यालयमा सोमबार देखिएको सर्वसाधारणको भीड अय्स्थी थियो । 
पोखराको न्यूरोडस्थित एभरेष्ट बैंकको शाखा कार्यालयमा बिहीबार सेवाग्राहीको भीड पनि सुरक्षा दृष्टिकोणले निकै कमजोर रहेको पाइएको छ । बन्दाबन्दीमा बैंकको एउटा मात्र शाखा कार्यालय सञ्चालनका कारण भीड भएको हो । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: