
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बैंकका कर्मचारीहरुले परिचयपत्र देखाएर हिड्न दिएको प्रहरीले कार्डको व्यापक दुरुपयोग भएको निष्कर्ष निकाल्दै अव बैंकको परिचयपत्रका आधारमा हिड्न नदिने भएको छ । राष्ट्र बैंकको अनुरोधमा मंगलबार प्रहरीले बैंकका कर्मचारीलाई छोड्ने गरेको थियो ।
‘सहज हुन्छ भनेर छोडेको, यहाँ त बढी दुरुपयोग भयो । सडकमा जाम भयो । वा बैंकका कर्मचारीले राष्ट्र बैंकको पास नबोकी हिड्न पाउँदैनन्। सबैतिर यहि जानकारी गराएका छौं ।’ महानगरीय ट्राफिक महाशाखाका एक उच्च अधिकारीले भने, ‘जति गर्दा पनि नहुने रहेछ । त्यसैले अव कठोर बन्छौं । कतिपयले अर्थ सरोकारको समाचार पनि देखाएका थिएँ । हामीले मंगलबार छोडेका पनि हौँ । तर हद गर्न थालेपछि यसरी नहुने रहेछ भन्ने निष्कर्ष निकाल्यौं ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्