×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बैंकको परिचयपत्र देखाउनेलाई हिजो छोडेका थियौं, सार्है दुरुपयोग भयो, जाम भयो, त्यसैले आज दिएनौं, अव दिंदैनौं’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘बैंकको परिचयपत्र देखाउनेलाई हिजो छोडेका थियौं, सार्है दुरुपयोग भयो, जाम भयो, त्यसैले आज दिएनौं, अव दिंदैनौं’

Artha Sarokar

२१ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बैंकका कर्मचारीहरुले परिचयपत्र देखाएर हिड्न दिएको प्रहरीले कार्डको व्यापक दुरुपयोग भएको निष्कर्ष निकाल्दै अव बैंकको परिचयपत्रका आधारमा हिड्न नदिने भएको छ । राष्ट्र बैंकको अनुरोधमा मंगलबार प्रहरीले बैंकका कर्मचारीलाई छोड्ने गरेको थियो ।
‘सहज हुन्छ भनेर छोडेको, यहाँ त बढी दुरुपयोग भयो । सडकमा जाम भयो । वा बैंकका कर्मचारीले राष्ट्र बैंकको पास नबोकी हिड्न पाउँदैनन्।  सबैतिर यहि जानकारी गराएका छौं ।’  महानगरीय ट्राफिक महाशाखाका एक उच्च अधिकारीले भने, ‘जति गर्दा पनि नहुने रहेछ । त्यसैले अव कठोर बन्छौं । कतिपयले अर्थ सरोकारको समाचार पनि देखाएका थिएँ । हामीले मंगलबार छोडेका पनि हौँ । तर हद गर्न थालेपछि यसरी नहुने रहेछ भन्ने निष्कर्ष निकाल्यौं ।’         
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी