×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘विशाल बजार’का विशाल पीडा- ‘दिनमै करोडौंको व्यापार हुन्थ्यो, आजकल हजारको व्यापार नगरेको धेरै भो ! (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । देशमा लकडाउन भएपछि सबैजसो क्षेत्र थालिएको छ । व्यापार, व्यवसाय, पर्यटन, जताततै समस्या छ । यस्तै समस्याको चपेटामा शहरका ठुला मल, र पसलहरु पनि परेका छन् । यस्तै चपेटामा परेको मल हो काठमाडौँको न्युरोडमा रहेको विशाल बजार । कुनै बेला दिनमै करोडौंको कारोबार हुने यो विशाल बजारमा अहिले हजार रुपैयाँको व्यापार नगर्ने व्यवसायीहरु पनि थुप्रै छन् । कतिले त पसल नै खोलेका छैनन् । कतिले पसल खोल्ने र बन्द गर्ने काममात्र गरिरहेका छन् भने कतिले केहि हजारको व्यापार गरेका छन् । तर समग्रमा विशाल बजार अहिले विशाल पीडामा रुमलिएको छ। 
भाडा कसरी तिर्ने ? तिर्ने कि नतिर्ने ? तिर्नुपर्यो भने कसरी तिर्ने ? नतिर्दा पछि पेलानमा पो परिने हो कि ? अव व्यवसाय कसरी उकास्ने ? समस्या नै समस्यामा परेका छन् व्यवसायीहरु । सुन पसल फाट्टफुट्ट खुल्न थालेका छन्, तर व्यापार छैन । कपडा पसलको कुरै नगरौँ । ग्राहक नै आएका छैनन्, कसरी व्यवसाय चलाउनु ? ठुलो समस्यामा परेका छन्, व्यवसायीहरु । कस्तो छ त विशाल बजारको अवस्था ? हामी यहि बुझ्न जाँदा जे देख्यौं, तल फोटो फिचरमा प्रस्तुत गर्दैछौँ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: