×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनावश्यक ‘एग्रेसिभ’ हुनुको परिणाम कि कोरोना कहरको नतिजा ? राष्ट्र बैंकसमक्ष बैंकहरुको माग, ‘शाखा बन्द गर्न पाउँ’

PRIME CA

अनावश्यक ‘एग्रेसिभ’ हुनुको परिणाम कि कोरोना कहरको नतिजा ? राष्ट्र बैंकसमक्ष बैंकहरुको माग, ‘शाखा बन्द गर्न पाउँ’

७ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले शाखा घटाउन पाउनुपर्ने माग राखेका छन् । कोरोना भाइरसले माहामारीको रुप लिइरहेका बेला सञ्चालन खर्च घटाउन शाखा बन्द गर्ने प्रक्रिया सजिलो बनाइदिन नेपाल बैंकर्स संघले राष्ट्र बैंकलाई मौद्रिक नीतिका लागि सुझाव पठाएको हो । यस्तै संघले आगामी मौद्रिक नीतिका लागि सुझाव पठाउँदै केवाईसी प्रक्रियालाई थप सहज बनाउन केवाईसी डाटावेस कम्पनी स्थापना गर्न आवश्यक व्यवस्था गर्न समेत आग्रह गरेको छ ।
यस्तै शाखारहित बैंकिङ खोल्दा र स्थानान्तरण बन्द गर्दा नेपाल राष्ट्र बैंकलाई जानकारी मात्र दिने व्यवस्था गर्न पनि संघले माग गरेको छ । बैंक वित्तीय संस्थाहरुले ‘घ’ वर्गको लघुवित्त संस्थाहरुलाई एजेन्ट नियुक्त गरी यस्ता संस्थामार्फत् कर्जा लगानी, असुली लगायतका काम गर्नसक्ने नीति बनाउन समेत बैंकर्सले राष्ट्र बैंकलाई आग्रह गरेको छ । साथै संघले मर्जरमा जाने संस्थालाई थप सुविधा दिन माग गरेको छ । संघले  २५ प्रतिशत अनिवार्य रुपमा ऋणपत्र जारी गर्नुपर्ने व्यवस्थालाई ऐच्छिक बनाउन पनि आग्रह गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: