
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । उद्योगी व्यवसायीहरुले सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरी व्यवसाय सञ्चालन गर्न दिने निर्णयको स्वागत गरेका छन् । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा उद्योग व्यवसायमा ठूलो क्षति भएको र सरकारले असार १ गते देखि सञ्चालन गर्न दिने निर्णय गरेपछि उद्योगी व्यवसायीहरुले स्वागत गरेका छन् । उद्योगी व्यवसायीहरुले आफुहरुले दुई साता यता लकडाउनको मोडालिटी परिवर्तन गरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गर्दै आएको अवस्थामा सरकारले चरणवद्ध रुपमा आर्थिक क्रियाकलापलाई सञ्चालन गर्ने निर्णय गर्नु सकारात्मक भएको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक गतिविधिलाई चलायमान गर्न गरेको पछिल्लो निर्णय सकारात्मक भएको बताएका छन् । ‘आइतबारदेखि लकडाउन खुकुलो गर्ने भन्ने थियो तर हिजो क्याबिनेट बसेर हामीले सबै न्यजहरुमा सन्नपायौं कि अब सबै उद्योग व्यवसाय केही बाहेक सबै व्यवसाय पनि चल्ने, जोर बिजोर गरी गाडि पनि चल्ने, हामीले त ११ देखि साढे पाँच भनेका थियौं तर सबै ९ बजेसम्मै गरिदिएकोले यसमा हामी सरकारलाई आर्थिक गतिविधिलाई चलायमान गर्नलाई यो अलि खुकुलो बनायो हामी प्रशंसा, सराहनिय र स्वागत पनि गर्छौं ।’ उनले भने ।
अध्यक्ष श्रेष्ठले उद्योग व्यवसाय सञ्चालन गर्न दिएपछि स्वास्थ्य सुरक्षाको सावधानी अपनाउने सम्बन्धमा सरकारले अनुगमन गरी सबैलाई सचेत गराउनुपर्ने बताए । उनले सरकारले अर्थतन्त्र चलायमान बनाउन निर्णय गरे जसरी नै उद्योगी व्यवसायीलाई कर, बैंककको ब्याजदर, सहुलियतपूर्ण कर्जा लगायतका विषयमा समेत अझबढी सहयोग गर्ने प्याकेज ल्याउने विश्वास व्यक्त गरे । उनले नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिबाट उद्योगी व्यवसायीका समस्या सम्बोधन हुनेमा आफु विश्वस्त रहेको बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले कोभिड १९ संक्रमण्को रोथामका लागि रेड जोन, यल्लोजोन र ग्रिन जोन क्षेत्र निर्धारण गरी सबै उद्योग व्यवसायलाई सञ्चालन गर्न दिनुपर्ने बताएका छन् । उनले सरकारले पछिल्लो पटक गरेको निर्णय उद्योगी व्यवसायीको हितमा रहेको बताए । ‘इकोनोमिलाई विभिन्न जोनहरु बनाएर हुन्छकी रेडजोन, ग्रिन जोन, यल्लोजोन ओरेन्ज जोन जस्तो बनाएर जहाँजाहाँ कम समस्याहरु छन त्यहाँ खुकुलो नगरिकना हामीकहा सुख छैन् भनेर हामीले विगतमा धेरैवटा कमिटिहरुमा, उत्तस्तरीय समन्वय समितमिा पनि हामीले कुरा राखेका थियौं । त्यसको फलस्वरुप नै हिजो बेलुका क्याबिनेटले निर्णय गरेर केही खुकुलो गरेको छ । अझ पनि के सुनेको छ भने तीनवटा चरणमा गर्ने पहिलो, दोस्रो र तेस्रो । अव त्यसमा जोर बिजोरको कुरा, पसलहरु खोल्ने कुरा आइसकेको छ । एउटा समय सान्दर्भिक हो र नेपाल उद्योग परिसंघले यसलाई धेरै सकारात्मक रुपले लिएको छ ।’उनले भने ।

उनले लकडाउन खुलेको एक साता भित्रमा सबै उद्योग व्यवसायीले सुरक्षाका सबै सावधानी अपनाई पूर्णरुपमा व्यवसाय सञ्चालन गर्न सक्ने बताए । उनले विश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको स्वास्थ्य प्रोटोकल अपनाएर सबै क्षेत्रलाई सञ्चालन गर्नुपर्नेसमेत स्पष्ट पारे । उनले अर्थतन्त्रलाई जोगाउनका लागि यातायात, होटल तथा आन्तरिक उडानहरुलाई पनि चलाउने तर्फ सरकारको ध्यान जानुपर्ने समेत बताएका छन् ।
हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्