×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नुवाकोटमा प्रभु बैंकका ब्रान्च मेनेजरले बैंककै नाक काटे, १ लाख रुपैयाँभन्दा बढी रकमसहित जुवाखालबाट रंगेहात पक्राउ !

  • अर्थ सरोकार सम्बाददाता
नुवाकोट । प्रभु बैंक, विश्वास छर्दै, अघि बढ्दै भन्ने नाराका साथ अघि बढ्दै गर्दा जनताको साथ र माया पाईरहेका बेला नुवाकोटमा एक बैंकरले प्रभु बैंकको नाक काट्ने काम गरेका छन् ।  जिल्ला प्रहरी कार्यालय नुवाकोटले शनिबार भीआइपी भनिएको जुवा खालमा छापा मार्दा प्रभु बैंकका शाखा प्रबन्धसहित १० जुवाडे पक्राउ परेपछि उनका कारणले नुवाकोटमा बैंकको नामको पनि बदनामी भएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले दिएको जानकारी अनुसार प्रभु बैकका शाखा प्रबन्धक दिपक सिंखडासहित १० जना अन्य कथित भीआइपीहरुलाई प्रहरीले पक्राउ गरेको हो । जुवाडेहरूकाे साथबाट नगद एक लाख भन्दा बढी रकम समेत बरामद गरिएको छ । पक्राउ पर्नेमा बैंकका कर्मचारी, नेता, शिक्षकसमेत छन् ।

यता बैंकका मेनेजर जुवाखालबाट पक्राउ परेपछि अधिकांस स्थानीय मिडियाले समेत बैंकको नाम जोड्न थालेपछि उनले बैंकको नाक काटेको विश्लेषण गरिएको हो । यद्यपी उनले गरेको गल्तीको दोष जनताले माया गरेको बैंकलाई लगाउन नहुने र यस्ता ‘फटाहा’ कर्मचारीहरुलाई बैंकले फायर गर्नुपर्ने स्थानीयहरुको भनाइ छ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: