×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘श्रीमानको निधन भएको महिनौंसम्म पनि बीमाको दाबी भुक्तानी आएन… श्रीमतीकै निधन भयो, र पनि भुक्तानी आएन…’

  • अर्थ सरोकार सम्बाददाता 
हेटौंडा । कपिलवस्तु वाणगंगा नगरपालिका८,बोडगाउँकी २६ वर्षिय सुस्मिताको केहि समय अगाडी मकवानपुर हेटौंडा उपमहानगरपालिका ४ सूर्य चोकका रुपेन्द्र थापासँग मागी विवाह भएको थियो । तर विवाहपछि निकै खुसी रहेको यो जोडीको खुसी धेरै समय रहन सकेन । २०७६ को दशैँको अर्को दिन नै ससुरालीबाट हेटौँडा फर्कने क्रममा सुस्मिताका श्रीमानको सडक दुर्घटनामा परी निधन भयो । माइती आएका बेला लकडाउन भयो । श्रीमानको ६ महिनाको काम गर्नका लागि उनी  लकडाउनकै बीच चैत्र १९ गते हेटौँडा फर्किइन् । तर श्रीमानको निधन भएको ६ महिनाको काम सकेसँगै असार १ गते राती सुस्मिताको मृत्यु भयो । उनको घरपट्टिको परिवारले त्यसलाई आत्महत्या भनेको छ भने परिवारले सो घटनालाई हत्या भनेको छ । 
रहस्यमाय कुरा त के हो भने आत्महत्या भन्ने खबर परिवारबाट होइन मेरा एक साथीबाट आएको थियो । करिब २ बजे हेटौँडा पुगेर प्रहरीको अनुमतिसहित भान्सा कोठाको ढोका खोलेर हेर्दा छोरीको शव देखियो तर आत्महत्या भएको पत्याउन सकिने अवस्था थिएन । ‘कोठा रक्ताम्य थियो,टाउको क्षतविक्षत अवस्थामा थियो ।अलिकति ढाकेकाले स्पष्ट नदेखेपनि एक आँखामाथि नै प्रहार गरेको देख्न सकिन्थ्यो । लोहोरोले शिरमा चोट पुर्याइएको स्पष्ट देखिन्थ्यो । हामी करिब २ देखि ६ बजेसम्म त्यहिँ रह्याैँ ।’ उनका माइतीपट्टिका एक सदस्य भन्छन्, ‘त्यो समयमा,ज्वाईँको परिवारका सदस्यलाई देखेका थिएनौँ । त्यहिँ दिन हामीले सुस्मिताका ससुरा,नन्द र आमाजुका विरुद्धमा किटानी दियौँ । तर आमाजु दुर्गा थापा हामीभन्दा केहि समय अघि मात्र घटनास्थलमा पुगेको भनेर किटानी स्वीकृत भएन । हामीले हत्याको जाहेरी दियौँ र सुस्मिताको ससुरा प्रकाश थापा जो शिक्षक हुनुहुन्छ र नन्द सीता थापालाई हिरासतमा लिइएको छ भन्ने जानकारीमा आएको छ । सुस्मिताको हत्या भएको दिन पनि उनले करिब १० बजे आमासँग फोन गरी मलाई लिन आउनु भनी रोएकी थिइन् । 
बीमाको भुक्तानी आएन तर मृत्युको कारण बीमा रकम पो थियो कि भन्ने शंका !
रुपेन्द्र थापाको निधन पछि जीवन बीमाको रकम आउनुपर्ने थियो । तर ६ महिनासम्म पनि बीमाको रकम आएन । सुस्मिताले सो रकमका लागि पनि राम्रै दौडधुप गरेकी थिइन् । बीमाका केहि कागजमा शेष पछिका हकदारमा ज्वाईँको बुवाको नाम र कतै खाली थियो । अनेक यातना भएको आरोपका बीच बीमा रकम पाउने आशमा यस्तो हत्या भएको हो कि भन्ने आशंका पनि धेरैले गरेका छन् । केहि समय अगाडी पोखरामा बीमा रकमको लोभले आफ्नै श्रीमतीको हत्या भएको खबर सार्वजनिक भएको थियो ।   यस प्रकरणमा थप अनुसन्धान जारी छ । यो घटनाको कारण नै बीमाको रकम हुन सक्ने एकातर्फ शंका छ । अर्कोतर्फ यति लामो समय पनि बीमा कम्पनीबाट किन दाबी भुक्तानी आएन ? यसले बीमा कम्पनीको काममाथि पनि प्रश्न उठाएको छ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: