
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बीमा समितिले जीवन बीमाको बीमा शुल्क बुझाउने म्याद असार २२ गतेसम्म थप गरेको छ ।समितिले एक विज्ञप्ती जारी गर्दै जीवन बीमा कम्पनीहरुलाई असार २२ गतेसम्म बिमा शुल्क तिर्नेहरुसँग जरिवाना नलिन निर्देशन दिएको हो।
कोरोनालाई मध्येनजर गरी समितिले यसअघि असार १५ गतेसम्म बिमा शुल्क बुझाउनेलाई ब्याज नलिन निर्देशन दिएको थियो । उक्त समय सोमबार सकिएपछि समितिले पुन: समय थप्दै असार २२ गतेसम्म पुर्याएको हो ।यसअघि बिमा समितिले जेठ ३२ गते जीवन बिमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै लकडाउन समाप्त भएको मितिले १५ दिनसम्म नवीकरण शुल्कमा ब्याज नलाग्ने व्यवस्था गर्न निर्देशन दिएको थियो ।
तर, सरकारले लकडाउन केही सहज गरेको भन्दै जीवन बिमा कम्पनीहरुले असार १५ पछि नवीकरण शुल्कमा ब्याज छुट नपाउने सूचना प्रकाशित गरेपछि समितिले फेरि एक साता समय उपलब्ध गराउनल निर्देशन दिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्