×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा समितिले जीवन बीमा कम्पनीलाई भन्यो – ‘असार २२ गतेसम्म बीमा शुल्क तिर्नेहरुको जरिवाना नलिनू’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बीमा समितिले जीवन बीमा कम्पनीलाई भन्यो – ‘असार २२ गतेसम्म बीमा शुल्क तिर्नेहरुको जरिवाना नलिनू’

Artha Sarokar

१६ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बीमा समितिले जीवन बीमाको बीमा शुल्क बुझाउने म्याद असार २२ गतेसम्म थप गरेको छ ।समितिले एक विज्ञप्ती जारी गर्दै  जीवन बीमा कम्पनीहरुलाई असार २२ गतेसम्म बिमा शुल्क तिर्नेहरुसँग जरिवाना नलिन निर्देशन दिएको हो। 
कोरोनालाई मध्येनजर गरी समितिले यसअघि असार १५ गतेसम्म बिमा शुल्क बुझाउनेलाई ब्याज नलिन निर्देशन दिएको थियो । उक्त समय सोमबार सकिएपछि समितिले पुन: समय थप्दै असार २२ गतेसम्म पुर्याएको हो ।यसअघि बिमा समितिले जेठ ३२ गते जीवन बिमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै लकडाउन समाप्त भएको मितिले १५ दिनसम्म नवीकरण शुल्कमा ब्याज नलाग्ने व्यवस्था गर्न निर्देशन दिएको थियो । 
तर, सरकारले लकडाउन केही सहज गरेको भन्दै जीवन बिमा कम्पनीहरुले असार १५ पछि नवीकरण शुल्कमा ब्याज छुट नपाउने सूचना प्रकाशित गरेपछि समितिले फेरि एक साता समय उपलब्ध गराउनल निर्देशन दिएको हो । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी