×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति कस्तो आउनुपर्छ ? तपाई पनि दिनुहोस् यस्तो सुझाव !

PRIME CA
GLOBAL IME BANK

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति कस्तो आउनुपर्छ ? तपाई पनि दिनुहोस् यस्तो सुझाव !

२६ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिका लागि सुझाव संकलन कार्य सुरु गरेको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सबै क्षेत्रलाई  राय/सुझाव दिन आग्रह गरेको हो ।
यसो त राष्ट्र बैंकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटलाई आधार मानेर मौद्रिक नीति ल्याउनु पर्ने हुन्छ । केहि दिन अघि आएको बजेटमा सरकारले कोरोना भाइरसले असर पारेको क्षेत्रको पुनरउत्थानको लागि धेरै सहुलियत तथा राहतको प्याकेज घोषणा गरिसकेको छ । जसको कार्यान्यवनको लागि राष्ट्र बैंकले सोही अनुसारको मौद्रिक नीति ल्याउनु पर्ने जिम्मेवारी थपिएको छ ।
यता नेपाल राष्ट्र बैंकले असार १५ गते भन्दा पछाडि मौद्रिक नीति ल्याउने तयारी थालेको छ । जसबाट निजी क्षेत्रले भने केही सहुलियतको अपेक्षा पनि राखेको छ । बजेटले उद्योगी/व्यवसायीका मागहरु संवोधन गर्न नसकेको भन्दै निजी क्षेत्रले मौद्रिक नीतिले संवोधन गर्ने अपेक्षा राखेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: