
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा लगानीयोग्य रकमको वृद्धि भएको छ । लकडाउनमा निक्षेप जम्मा गर्नेहरुको संख्या बढेपछि बैंकिङ क्षेत्रमा लगानीयोग्य रकमको वृद्धि भएको हो । बन्दाबन्दी अर्थात् लकडाउनको ३ महिनाको अवधिमा निक्षेप १ खर्ब १३ अर्ब रुपैयाँले बढेको छ । यता कर्जा लगानीमा भने गिरावट आएको छ । लकडाउनको ३ महिनामा बैंकहरुको कर्जा लगानी ३६ अर्ब रुपैयाँले घटेको छ ।
बैंकर्स संघको तथ्यांक अनुसार असार १२ गतेसम्म वाणिज्य बैंकहरुमा निक्षेप १ खर्ब १३ अर्ब रुपैयाँले बढेर ३३ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ । चैत मसान्तसम्ममा भने ३१ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप थियो । यता बैंकहरुमा कर्जा लगानी भने चैत मसान्तदेखि असारको दोस्रो सातासम्म ३६ अर्ब रुपैयाँले घटेको छ । चैत मसान्तसम्म बैंकहरुले २८ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । जुन बैशाख महिनामात्र ९ अर्ब रुपैयाँले घटेर बैशाख मसान्तमा २८ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ ।
कर्जा लगानी जेठ महिनामा मात्र २० अर्ब रुपैयाँ घटेको छ । बैशाख मसान्तसम्म २८ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले जेठ मसान्तसम्म २८ खर्ब १६ अर्ब रुपैया मात्र कर्जा लगानी गर्न गरेका हुन् । असारको दोस्रो सातासम्म बैंकहरुको कर्जा लगानी जेठ महिनाको भन्दा ८ अर्ब रुपैयाँले घटेको संघको तथ्यांकले उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्