×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तराष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य ६१.५ प्रतिशतले गिरावट, सुनको मूल्य भने ह्वात्तै बढ्यो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अन्तराष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य ६१.५ प्रतिशतले गिरावट, सुनको मूल्य भने ह्वात्तै बढ्यो !

Artha Sarokar

४ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कच्चा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य ६१.५ प्रतिशतले गिरावट आएको हो । नेपाल राष्ट्र बैंकका अनुसार १० महिनाको अवधिमा उक्त गिरावट आएको हो । राष्ट्र बैंकले २०७६ बैशाख मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७२.५३ रहेको कच्चा पेट्रोलियम पदार्थको मूल्य २०७७ बैशाख मसान्तमा ६१.५ प्रतिशतले घटेर प्रति ब्यारल अमेरिकी डलर २७.८९  मा कायम रहेको जनाएको छ । 
यस्तै राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजारमा २०७६ बैशाख मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १२९८.४० रहेकोमा २०७७ बैशाख मसान्तमा ३१.६ प्रतिशतले बढेर अमेरिकी डलर १७०८.४ पुगेको जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी