×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सडकमा आन्दोलनकारी बढेपछि सरकारको ‘टेक्निक’, भोलिदेखि मोटरसाइकलमा जोर–बिजोर लागू

PRIME CA
GLOBAL IME BANK

सडकमा आन्दोलनकारी बढेपछि सरकारको ‘टेक्निक’, भोलिदेखि मोटरसाइकलमा जोर–बिजोर लागू

३२ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एमसिसि लगाएतका विषयलाई लिएर सडकमा सरकारको तिब्र विरोड भएपछि सरकारले  सडकमा कम उपस्थिति होस् भन्दै जोड बिजोड प्रणाली लागू गरेको छ। असार १ गते अर्थात सोमबारदेखि चारपांग्रे निजी सवारी साधन र मोटरसाइकल (स्कुटर र मोपेडसहित)मा जोरबिजोर प्रणाली लागू हुने भएको हो । 
गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई थप स्पष्ट पार्दै मोटरसाइकलमा पनि जोड बिजोड प्रणाली लागू हुने गरी निर्णय भएको बताएका छन् । यस अघि जोडबिजोड प्रणालीलाई लिएर अन्योलता थियो। 
सरकारको निर्णयअनुसार चारपांग्रे निजी सवारीसाधनको हकमा चालकसहित थप दुई जना र मोटरसाइकलमा एक जना चालकमात्रै यात्रा गर्न पाउनेछन् भने मोटरसाइकलमा चालकमात्र बस्न पाउने छन् । जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर र विजोर गतेका दिन विजोर नम्बरका निजी सवारी साधन चलाउन पाइने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: