×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सरकारलाई अफ्ट्यारोमा नपारौँ, सबैले कर तिरौँ’: बैंकर्स संघ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘सरकारलाई अफ्ट्यारोमा नपारौँ, सबैले कर तिरौँ’: बैंकर्स संघ

Artha Sarokar

४ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बददाता 
काठमाडौँ । वाणिज्य बैंकका सीईओहरुको संगठन नेपाल बैंकर्स संघले नै निर्णय गरेर बैंकहरुलाई कर तिर्नका लागि आग्रह गरेको छ । संघको बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसका कारण आफुहरुलाई मात्रै नभएर सरकारलाईसमेत अफ्ट्यारो परेको भन्दै संघले बैंकहरुलाई कर तिर्नका लागि आग्रह गर्ने निर्णय गरेको हो।
अब सोही अनुसार बैंकहरुले सरकारलाई कर तिर्ने छन् । यता यसअघि सरकारले असार ७ गतेभित्र कर बुझाउनका लागि सबै क्षेत्रलाई ताकेता गरेको थियो । तर उक्त ताकेता नियमविपरित भएको भन्दै अधिवक्ता सृजना अधिकारी र सिए शैलेन्द्र उप्रेतीले संयुक्त रुपमा सर्वोच्चमा रिट दायर गरेका थिए । त्यसपछि सर्वोच्चले लकडाउन खुलेको ३० दिनसम्म करदाताले कर बुझाउदा हुने आदेश दिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी