×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजार नखुलाएकोबारे सर्वोच्चद्वारा कारणदेखाउ आदेश जारी, दुवै पक्षलाई छलफलमा समेत बोलाइयो…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सेयर बजार नखुलाएकोबारे सर्वोच्चद्वारा कारणदेखाउ आदेश जारी, दुवै पक्षलाई छलफलमा समेत बोलाइयो…!

Artha Sarokar

१ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सर्वोच्च अदालतले सेयर बजार नखुलाएकोबारे कारण देखाउ आदेश जारी गरेको छ । लकडाउनका कारण लामो समयदेखि सेयर बजार बन्द भएपछि सेयर बजार खुलाउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो । न्यायधीश हरिकृष्ण कार्कीको एकल इजलाशले आइतबार सरकारको नाममा कारण देखाउ आदेश जारि गरेको हो ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड अनि नेपाल स्टक एक्सचेञ्जलाई विपक्षी बनाइएको छ । अदालतले दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ । अधिवक्ताद्वय रपिश पोखरेल र हरिप्रसाद दाहालले लकडाउन सुरु भएपछि बन्द भएको सेयर कारोबार खुला हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी