×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबी बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई १००ः८५ को स्वाप अनुपातमा प्राप्ति गर्ने, सेवा अझै सशक्त बनाउने रणनीति !

PRIME CA
GLOBAL IME BANK

एनएमबी बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई १००ः८५ को स्वाप अनुपातमा प्राप्ति गर्ने, सेवा अझै सशक्त बनाउने रणनीति !

२६ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । एनएमबी बैंक लिमिटेडले कञ्चन  डेभलपमेन्ट बैंकलाई १००ः८५ को स्वाप अनुपातमा प्राप्ति गर्ने भएको छ । एनएमबीले केहि समयअघि ओम डेभलपमेन्ट बैंकलाई पनि अक्वायर (प्राप्ति) गरेको थियो । सोही अनुसार बैंकले कमजोर उपस्थिति रहेको सुदुरपश्चिममा बलियो बन्ने उद्देश्यका साथक कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्तिको सम्झौता गरेको छ । 
हाल कञ्चन डेभलपमेन्ट बैंकको चुक्तापुँजी ९८ करोड रहेको छ । कञ्चन डेभलपमेन्ट बैंकको मुख्यालय कञ्चनपुरको महेन्द्रनगरमा रहेको छ । उक्त बैंकले अहिले कैलाली, कञ्चनपुर, बैतडी, डोटी र डडेलधुरामबाट सेवा दिइरहेको छ । बैंकका १७ वटा शाखा र ३ वटा एक्सटेन्सन काउण्टर रहेका छन् । हाल कञ्चनमा १८१ कर्मचारी रहेका छन् । एनएमबी बैंकले ५ जिल्लामा राम्रो उपस्थिति रहेको कञ्चनलाई प्राप्ति गरी आफूलाई सुदुरपश्चिममा समेत सशक्त बनाउने रणनीति लिएको देखिन्छ । 
एनएमबी बैंकका कम्पनी सचिव ध्रवप्रसाद अधिकारीका अनुसार एनएमबी बैंक र कञ्चन डेभलपेमन्ट बैंकबीच गाभ्ने गाभिने विषयमा जेठ २५ गते सम्झौता भएको  थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: