
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाइरसका कारण रेमिट्यान्समा नकरात्मक प्रभाव परेको छ । कोरोना भाइरसले विश्वभर माहामारीको रुप लिएपछि विश्वका धेरै जसो देशहरु लकडाउनमा जाँदा रेमिट्यान्समा नकारात्मक प्रभाव परेको छ । उक्त भाइरसलाइ नेपालले पनि झन्डै ३ महिनादेखि झेल्दै आएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ६.१ प्रतिशतले घटेको छ । १० महिनाको तथ्यांकमा आधारित मुलुकको आर्थिक तथा वित्तीय अवस्थाबारे रिपोर्ट सार्वजनिक गर्दै राष्ट्र बैंकले १० महिनामा ६ खर्ब ८० अर्ब ८४ करोड रुपैयाँ भित्रिएको जानकारी दिएको हो ।
जुन अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो । सोहि अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.८ प्रतिशतले घटेको थियो । यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४.६ प्रतिशतले घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्